प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना

By लोकतन्त्र अनलाईन

March 08, 2019

काठमाडौँ,–ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताउनुभएको छ । लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी रहेको सन्देशमा उहाँको सन्देशमा उल्लेख छ । सन्देशमा उहाँले “संविधान कार्यान्वयनका क्रममा भएको तीन तहको निर्वाचनबाट सङ्घीय संसद्मा ३३.२३ प्रतिशत, प्रदेशसभामा ३४.३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेकाले नीति निर्माण तहमा लैङ्गिक समानताका दृष्टिले नेपाल विश्व समुदायका लागि उदाहरण बनेको छ ।” सन्देशमा महिला सशक्तीकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी रहेको उल्लेख गर्दै समतामूलक समाज, राष्ट्र, एवं विश्व निर्माण गर्न आह्वानसमेत गर्नुभएको छ ।