प्रमुख समाचार

पर्वतको जलजलामा प्रदेश तथा स्थानीय कोष संचित व्यवस्थापन प्रणाली लागु

By लोकतन्त्र अनलाईन

September 08, 2019

पर्वत– उत्तरी पर्वतको जलजला गाँउपालीकाले चालु आर्थीक वर्ष ०७६।७७ देखी प्रदेश तथा स्थानीय सचित कोष व्यवस्थापन प्रणाली पुर्ण रुपमा लागु गरेको छ । यो सूत्र प्रदेश तथा स्थानीय तहमा आधारभूत बजेटिङ् तथा लेखाांकन मापदण्डमा आधारीत आर्थिक कारोवारको व्यवस्थापन सहजरूपमा गराउने उद्देश्यले विकास गरीएको वेभमा आधारीत प्रणाली हो । सुत्रको विकास अर्थ मन्त्रालयको निर्देशनमा सार्वजनीक खर्च तथा वित्तीय उत्तरदायीत्व सचिवालयले महालेखा नियन्त्रक कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा तयार पारेको हो । नेपाल सरकारको २०७४ मंसिर ३ गतेको निर्णयवाट स्वीकृत भएको यो प्रणाली चालु आर्थिक वर्षवाट सवै स्थानीय तहलाइ अनीवार्य गरिएको छ । जलजलाले गत आर्थिक वर्षदेखिनै लागु गर्ने प्रयास गरेको भएपनि यस आर्थिक वर्षवाट पुर्णरुपमा लागू गर्न सफल भएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । यो प्रणालीको प्रयोगवाट सार्वजनीक वित्त व्यवस्थापन प्रभावकारी हुनुका साथै वजेट तर्जुमा, लेखाकन एव खर्च सम्वन्धी प्रतिवेदनहरु स्वतः तयार हुने, प्रतिवेदनहरु समयमै आवश्यकता अनुसार हेर्न र प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । यो पारदर्शिता र सुशासनका लागि महत्वपुर्ण रहेको बताईएको छ ।