प्रमुख समाचार

पर्वतको जलजला गाउँपालिकाको बजेट ४३ करोड, पूर्वाधारलाई प्राथमिकता

By लोकतन्त्र अनलाईन

July 07, 2019

पर्वत–पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम पारित भएको. छ । गाउँपालिकाको छैटौ गाउँ सभामा उपाध्याक्ष सिमा पुनले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि उक्त रकम प्रस्तुत गरेकी हुन् । स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्र्दै ग्रिन र स्मार्ट गाउँपालिकाको परिकल्पना गर्दै बजेट नीति, तथा कार्यक्रम सार्वजनिक गरिएको जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षमा शर्सत अनुदानमा १६ करोट आठ लाख, सामजिक सुरक्षा भत्ताका लागि ६ करोड ५० लाख, त्यसैगरि वडा कार्यालय एवं गाउँपालिकाको कार्यालय समेत गरी चालुतर्फ ६ करोड १२ लाख विन्योजन गरेको छ । त्यस्तै उद्योग तथा वाणिज्य तर्फ ५ लाख, कृषि तर्फ ५४ लाख ५० हजार, खानेपानी तथा सरसफाई तर्फ १ लाख ५० हजार, खेलकुद तथा मनोरञ्जन तर्फ ४९ लाख, जलधार संरक्षण तर्फ १७ लाख ५० हजार, पशु विकास तर्फ ३ लाख, भवन तथा सहरी विकास तर्फ १ करोड ९९ लाख ७५ हजार, फर्निचर तर्फ ७ लाख, मेशिनरी औजारमा ५ लाख, लैङगिक समानता तथा सामजिक समावेशिता तर्फ ५८ लाख, वातावरण संरक्षण तथा जलवायु परिर्वतन तर्फ ४ लाख ५० हजार, विपद व्यवस्थापनकोष तर्फ १० लाख, शिक्षा तर्फ ७१ लाख, संस्कृति प्रवद्र्धन तर्फ २१ लाख ५० हजार, सवारी साधान तर्फ ३५ लाख, सिँचाई तर्फ ५३ लाख, स्थानीय तथ्याङक संकलन तथा अभिलेख तर्फ ८ लाख, स्वास्थ्यमा १६ लाख बजेट विन्योजन गरेको छ ।