प्रमुख समाचार

फलेवास नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर : नगरप्रमुख शर्मा

By लोकतन्त्र अनलाईन

June 07, 2019

लक्ष्मण बिश्वकर्मापर्वत- फलेवास नगरपालिकामा स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम तथा बहुक्षेत्रिय पोषण योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम आजबाट नगरपालिकाको सभाहलमा सुरु भएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले नगरका जनताको स्वास्थ्य हितको लागि नगरपालिकालले स्वास्थ्य बिधेयक बनाएर कार्यनयन गर्न लागेको बताउनुभएको छ । स्वास्थ्य चौकीका प्रमुखहरुले एकअर्कामा अनुभव आदानप्रदान गरि स्वास्थ्य सेवालाई सरल,सहज र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर, औषधि र उपकरणको सहि व्यवस्थापन गर्नुका साथै जटिल रोग लागेमा नगरले कसरी व्यवस्थापन गर्ने विषयमा पनि योजना बनाउने तयारी गरेको बताउनुभयो ।कुनैपनि व्यक्ति स्वास्थ्य हुनु भनेको रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा सधैं स्वास्थ्य रहनुपर्ने शर्माले बताउनुभयो ।स्वस्थ्य मानिसको संवेदनशील कुरा भएको हुँदा स्वास्थ्य चौकीमा टिप्पणी रहित कार्य संपादन गर्न स्वास्थ्य चौकीका प्रमुखहरूलाई आग्रह गर्नुभयो । तस्वास्थ्य सेवालाई अझै गुणस्तरीय बनाउन यो तालिम कोषेढुगा साबित हुने बताउदै उपलब्धि मुलक तरिकाले तालिम सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा फलेवास नगरपालिकाका ११ वटै वार्डका वार्ड अध्यक्ष तथा स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागीता रहेको छ । स्वास्थ्य र पोषण सम्बन्धि बिषयमा ३ दिनसम्म संचालन हुने कार्यक्रम २५ गते समापन हुनेछ ।उक्त अभिमुखिकरण कार्यक्रमको स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत दिपक भण्डारी, पोषण शाखा प्रमुख गोपाल आचार्य, फलेवास नगरपालिकाका स्वास्थय शाखाबाट विजय क्षेत्री, लाल बहादुर थापा लागएतले सहजीकरण गर्नुभएको छ ।नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य शाखाका लाल बहादुर थापाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन नगरपालिकाका स्वस्थ्य संयोजक विजय क्षेत्रीले गर्नुभएको थियो ।