पत्र-पत्रिका

जापान जानेलाई यस्तो आयो खबर ! केयर गिभर र क्लिन जापानको पहिलो प्राथमिकता

By लोकतन्त्र अनलाईन

April 07, 2019

काठमाडौं : नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन्। दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन्। नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षोत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाइ क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको समाचार कारोबार दैनिकमा छ। जापानमा वृद्धवृद्धा तथा अशक्त नागरिकको स्याहारसुसारका लागि जनशक्तिको बढ्दो अभाव रहेका कारण यस क्षेत्रमा काम गर्न सक्ने नेपाली युवा खोज्दै जापानी रोजगारदाता नेपाल आउन थालेको छन्।