प्रमुख समाचार

पर्वतको थापाठानामा कुँवर क्षेत्री बन्धुको कुलपुँजा भव्यरुपमा सम्पन्न

By लोकतन्त्र अनलाईन

March 07, 2019

पर्वत–पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको खनारमा रहेको अत्री गोत्रीय कुवँर क्षेत्री बन्धुको कुल पूजा सम्पन्न भएको छ । अत्री गोत्र कुँवर कुल पूजा व्यवस्थापन समाजको आयोजनामा कूल पूजा गरिएको हो । प्रत्येक पाँच वर्षमा कुँवर क्षेत्री बन्धुहरुबीच आपसी मेलमिलाप र भाईचाराको सवन्ध कायम गर्दै पितृहरुको उद्धारका लागि यस्तो खालको पुँजा गरिदै आएको स्थानीय नबराज कुँवर क्षेत्रीले जानकारी दिनुभयो । सो अवरमा धेरै बोकाहरुको बलि दिइएको थियो । यस अघि आयोजित औपाचारीक कार्यक्रम समाजसेवी तथा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक तेजबहादुर कुवंर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लामो समयदेखि समाज र राष्ट्रको लागि योगदान गर्ने कुँव्र क्ष्ँेत्री समुदायका अगुवा नरबहादुर कुवँंर क्षेत्री सहित १८ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र फुल माला र टीकाले सम्मान गरिएको छ ।

कार्यक्रममा स्थानीय नवराज कुवँंर क्षेत्री भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन कोशिष कुँवंर क्षेत्रीले गर्नुभएको थियो । पूजा तथा उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक डिल्लीराम कुँवर क्षेत्री रहनुभएको थियो । सो अवसरमा पूर्व प्रहरी निरिक्षक क्षेत्रीले आपसी सम्वन्ध र भाईचाराको विकासका लागि यस्तो खालको कार्यक्रम प्रभावकारी हुने बताउँदै यसलाई अझै एक एक वर्ष वा दुई ती वर्षको बीचमा गर्दा अझै रामो हुने बताउनुभयो । थापाठानामा झण्डै ७५ परिवार कुँवर क्षेत्री समुदायमा बस्दै आएका छन ।