Gandaki Medical College. Photo: GMC

प्रमुख समाचार

ठगी मुद्दा दायर गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालकद्वय पक्राउ

By लोकतन्त्र अनलाईन

March 07, 2019

पोखरा- पोखराको गण्डकी मेडिकल कलेजका सीईओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले सञ्चालक सहित १० जना विरुद्ध ठगी मुद्दा दायर गरेपछि अनुसन्धानका क्रममा दुइजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी उपरिक्षक ओमबहादुर रानामगरले जानकारी दिनुभयो । बाँकी ८ जना सञ्चालकको भने खोजी भइरहेको रानामगरले बताउनुभयो ।   सरकारले तोकेको नियम भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले शुल्क फिर्ता गर्ने लगायतका ४ सुत्रीय माग राखी ३६ दिन देखि आन्दोलनमा छन् ।  २५ दिन देखी उनीहरु रिले अनसनमा बसेका छन् ।  कलेज सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमविविएस विद्यार्थीले जाहेरी दिएका थिए । विद्यार्थीहरुले आकस्मिक बाहेकका सवै सेवा, पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल अस्पतालको प्रशासन, ओपीडी र सुपरिटेन्डेन्टको कार्यलयमा ताला लगाएका छन् । कलेजले प्रति विद्यार्थी १० देखि १६ लाख सम्म वढी रकम लिएको विद्यार्थीको दाबी छ । सन् २०१५ का ८६ विद्यार्थीले एमवीवीएस तेस्रो वर्षको परीक्षा समेत दिएका छैनन् ।