अर्थ/बाणिज्य

तपाई मकै खेती गर्दै हुनुहुन्छ ? मकैको बिऊ लिन फलेवास नगरपालिका जानुहोस्

By लोकतन्त्र अनलाईन

February 07, 2019

पर्वत– पर्वतको फलेवास नगरपालिकाले नगरभित्रका कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ बितरणको लागि सूचना प्रकासन गरेको छ । नगर क्षेत्रभित्र रहेको मकैका पकेट क्षेत्र तथा ब्लकहरुमा मकै खेती गर्ने कृषकहरुले सम्बन्धित वडामा आप्mनो माग सहितको निवेदन दिन अनुरोध गरेको छ । सूचना अनुसार बारीका लागि मनकामना ३ सेतो र खेतका लागि अरुण २ पहेँलो जातको मकै लगाउन ईच्छुक कृषकहरुको लागि सूचना निकालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाका अनुसार यी दुवै जातका मकैका बीउहरु उपचार गरिएका बीउ हुन । बीउको आवश्यकता पर्ने कृषकहरुले आँपूmलाई आवश्यक पर्ने बीउको परिमाण समेत खुलाएर सम्बन्धित वडामा यही माघको मसान्तभित्र निवेदन पेश गर्नुपर्नेछ । फलेवास नगरपालिका मकै उत्पादनका लागि राम्रो मान्ने गरिएको छ । फलेवासको पहिलो बाली धान हो भने दोस्रोमा मकै खेती रहेको छ ।