प्रमुख समाचार

कार्कीनेटामा काँग्रेसको श्रद्धाञ्जली कार्यक्रम

By लोकतन्त्र अनलाईन

December 07, 2019

पर्वत : नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा प्रजातान्त्रिक सेनानी शिवाखर पाध्याको निधनमा नेपाली काँग्रेस कार्कीनेटाले शोक सभा गरेको छ । काँग्रेसले स्वर्गीय पाध्याको कार्कीनेटामा रहेको उहाँको घरमा नै गएर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा शोक मन्तब्य राख्दै नेपाली काँग्रेसका महासमिति सदस्य  गंगाधर तिवारीले स्वर्गीय शिवाखर पाध्याले देखाउनुभएको राजनीतिक बाटोलाई पछ्याउँदै उहाँले देख्नुभएको सपना साकार पार्न सबैलाई आह्वान गर्नुभयो । स्वर्गी पाध्या पार्टी र राजनीतिका लागि एक निडर योद्धा रहेको स्मरण गर्दै नेता तिवारीले काँग्रेसको लडाईँ नेकपा वा अन्य कुनै दल बिशेषसंग नभई गरिब,  दलित तथा राज्यको मूलधारबाट पछि पारिएकोहरुको हितका लागि रहेको बताउनुभयो । नेपाली काँग्रेस जहिले पनि नागरिकलाई शिक्षा, स्वास्थ, रोजगारी, विकास दिनुपर्छ भन्ने मुद्धामा लडिरहेको उहाँको भनाई छ । वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा लैजाने बताइरहेको बेलामा त्यो सपना पूरा गर्नको लागि बेरोजगारलाई रोजगारी दिएर देशको श्रम शक्तिलाई यहीँ प्रयोग गर्न सक्नुपर्ने उहाँको धारणा छ । शोक सभामा पूर्व महासमिति सदस्य एवं फलेवास नगरपालिकाको उपप्रमुख पदका प्रत्यासी रेखा गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डा. चुडामणि शर्मा, शिब प्रसाद सुबेदी, नेपाल दलित संघ पर्बतका अध्यक्ष याम परियार (शिव), नेपाल विद्यार्थी संघ फलेवास नगर सभापती सन्तोष पाठक, उपाध्यक्ष एवं सिमखेत युवा क्लबका अध्यक्ष सरोज खनाल, नेपाली काँग्रेस कार्कीनेटाका भूतपूर्व सभापति बिश्वराज पौडेल लगायतले पनि शोक मन्तब्य राख्नुभएको थियो । यस्तै, परिवारको तर्फबाट वडा सदस्य पदका प्रत्यासी देबीप्रसाद पाध्याले बोल्नुभएको थियो । कार्यवाहक अध्यक्ष तुलसिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडाध्यक्ष पदका प्रत्यासी एकनारायण शर्माले गर्नुभएको थियो । शिवाखर पाध्याको ७३ बर्षको उमेरमा निधन भएको हो । सामाजिक काममा पनि अग्रसर रहँदै आउनुभएका पाध्या  प्रजातान्त्रि लडाईँका लागि लड्दै आउनुभएको थियो ।