प्रमुख समाचार

पर्वतको कुर्घामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

October 07, 2019

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपालीका वडा नं. १० वडा कमिटीको आयोजनामा वडादशै तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना मन्तव्य दिनु हुनु प्रमूख अतिथि संघिय संसद एवं जिल्ला कमिटी अध्यक्ष पदम गिरीले मुलुकको विकासमा एकजुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा यतिवेला राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै दुई तिहाई बहुमत प्राप्त सरकार भएका बेला विकास निर्माणलाई गति दिनुपर्ने बेला भएको बताउनुभयो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले यो प्रदेशको समृद्धि पर्यटनबाट मात्र सम्भव भएकाले सन् २०२२ सम्म भ्रमण वर्षको रुपमा मनाईएको बताउनुभयो । उहाँले वडादशैलाई मौलीकतामा मनाउनुपर्नेमा जोड दिँदै चाडवाड र हाम्रा मौलीक संस्कृति पर्यटकहरु आकर्षणका मुख्य माध्यम भएको बताउनुभयो । सो अवसरमा नेकपाप्रदेश कमिटि सदस्य मोतिप्रसाद पौडेल, देवेन्द्रराज पाण्डेय जिल्ला कार्यालय सदस्य एवं फलेवास नगर प्रमुख पदमपाणि शर्मा, जिल्ला सचिवालय सदस्य एवं नगर अध्यक्ष पिताम्वर घिमिरे, जिल्ला सदस्य एवं नगर सचिव शोभा क्षेत्री, जिल्ला कमिटी सदस्य परशुराम सुवेदी, वडा सदस्य गोविन्दबहादुर क्षेत्री सुनिता पौडेल, पार्टी वडा सदस्य कृष्णप्रसाद शर्मा र नेपाली काङ्ग्रेसका वडा सभापति अमरवहादुर क्षेत्री लगायतmे शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाली काङ्ग्र्र्रेस परित्याग गरि पार्टी प्रवेस गर्ने यामवहादुर नेपाली र तुलचन्द्र पौडेललाई सांसद पदम गिरीले टीका माला र खादाले स्वागत गर्नु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीका अध्यक्ष खड्गबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रम वडा कमिटी सदस्य मिनप्रसाद शर्माले संचालन गर्नुभएको थियो भने भवानीप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।