पर्वत- पर्वतको जलजला गाउँपालिका–८ मा शनिबार दिउँसो करेन्ट लागेर एक मज्दुरको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका २ का १७ बर्षिय गणेश किसान रहेका छन । जलजला ८ लस्ती स्थित दक्षिणामकाली क्रसर उद्योगमा बालुवा लिन पुगेका ट्याक्टरका सहचालक किसानले फोनमा कुरा गर्दै हिड्ने क्रममा बिजुलीको थ्री फेजको तारमा छोईन जाँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । मतक किसानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।