प्रमुख समाचार

पर्वत उद्योग बाणिज्य संघद्धारा सिडीओ ढकाललाई विदाई तथा सम्मान

By लोकतन्त्र अनलाईन

June 06, 2019

पर्वत– पर्वतबाट सरुवा भएर कास्की जान लागेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई उद्योग बाणिज्य संघ पर्वतले बिदाई गरेको छ । संघले बिहीवार विहान एक कार्यक्रमको आयोजना गरि डकाललाई विदाई गरेको हो । तेह्र महिना लामो समय पर्वतका कार्यरत रहँदा जिल्लाको व्यापार व्यावसायको क्षेत्रका साथै समग्र जिल्लाको विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपि अधिकारीले प्रजिअ ढकाललाई फुलमाला र प्रसंसा पत्र प्रदान गर्दै जिल्लामा रहुन्जेल ब्यावसायमैत्री वातावरण बनाउन खेल्नुभएको भूमिकाको प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी ढकालले पर्वत जिल्लाको बसाई फलदायी भएको बताउँदै जिल्लाको समग्र विकासका लागि प्रशासकको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले आफु पर्वत आएदेखि जाने बेला सम्म पनि हरेक क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ काम गरेको बताउँदै आफ्नो कार्यालयदेखि सामान्य उपभोक्ता समितिसम्म निगरानी राखेको स्मरण गर्नुभयो । उहाँले आफ्नो कार्यकालभरि सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनुभयो । कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो । पञ्चासे एफ.एम मा पनि बिदाई

यसैबीच प्रजिअ ढकाललाई पञ्चासे एफ.एम प्रालिले पनि एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । पर्वतमा प्रमुख जिल्ला भएर आएदेखि विभिन्न रचनात्मक काम गरेर समग्र पर्वतको उन्नतीका लागि टेवा पु¥याएकोमा उहाँलाई सम्मान सहित विदाई गरिएको हो । एफ.एमको स्टुडियोमा आयोजित कार्यक्रममा स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले खाँदा माला र टिका लगाएर विदाई गर्नुभएको हो ।