प्रमुख समाचार

सरुवा भएर जान लागेका पर्वतका प्रजिअलाई बाल संगठन समितिद्धारा विदाई

By लोकतन्त्र अनलाईन

June 06, 2019

पर्वत–जिल्ला बाल संगठन समिति पर्वतले सरुवा भएर जान लाग्नुभएका पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई विदाई गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि बाल कल्याण समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ ढकाललाई विदाई गरेको हो । आफ्नो तेह्र महिना लामो पर्वत बसाईको क्रममा जिल्लामा बालबालिकाको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई फुलमाला र अविरजात्रा गरेर बिदाई गरिएको जिल्ला बाल संगठन समितिका अध्यष निर्मल विश्वकर्माले जानकारी दिनुभयो । प्रजि ढकाललाई महिला बालवालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाको विशेष उपस्थितिकै बेला सम्मान तथा बिदाई गरिएको हो । सो अवसरमा विदाई भएर जान लाग्नुभएका ढकालले पर्वत जिल्लामा रहुन्जेल शान्ति सुरक्षा, विकास निर्माण लगायतका क्षेत्रमा सक्रिय भएर काम गरेको बताउनुभयो । उहाँले जुनसुकै जिल्लाको विकासका लागि पनि स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुको भूमिका महत्वपुर्ण हुने बताउँदै निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री थापाले पछिल्लो समय महिला, जेष्ठ नागरिक र बालबालिका संरक्षण र सम्वद्र्धनको अधिकार स्थानीय तहमा पनि आएकाले सवैलाई सहज हुने बताउनुभयो । अब कोहिपनि नागरिक राज्यका सेवा सुविधाबाट बञ्चित हुनु पर्ने अवस्था नआउने समेत बताउनुभयो । उहाँको जिल्ला प्रशासन कास्कीका सरुवा भएको हो ।