Gandaki Medical College. Photo: GMC

पत्र-पत्रिका

प्रश्नपत्र आउट गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

By लोकतन्त्र अनलाईन

December 06, 2019

काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीए पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्।  प्रश्नपत्र बाहिरिएसँगै विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन्। निजीक्षेत्रबाट सञ्चालित गण्डकी मेडिकल कलेजनसहित चारवटा मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुलेकाले उक्त शुल्क फिर्ता दिनुपर्ने माग राख्दै विद्यार्थीहरू परीक्षा बहिस्कार गरी आन्दोलनमा उत्रिएको खबर नेपाल समाचारपत्र दैनिकमा छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरू भएको छ।