प्रमुख समाचार

पर्वतको लुंखु–हुवास सडक कालोपत्रे हुँदै आज राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शिलन्यास गर्ने

By लोकतन्त्र अनलाईन

November 06, 2019

पर्वत– पर्वतको सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे हुने भएको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको हो । टेण्डर आब्हान संगै कालोपत्रेको काम भोलीदेखि सुचारु हुने भएको छ । सडकको आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुंखुमा शिलन्यास गर्नुहुने भएको छ । महाशीला गाउँपालिकाको आयोजनामा आज विहान ११ बजे सडक सिलन्यास गर्ने कार्यक्रम आयोजना गरिएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । लुंखु–हुवास सडकको १५ किलोमिटर खण्डको गत जेठमा ठेक्का आब्हान भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सुचना आब्हान गरेको थियो । महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. जोड्ने यो कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको छ भने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । सडक कालोपत्रेको काम अबको दुई बर्षभित्र पुरा भएपछि कुस्मा देखि हुवास सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ ।