प्रमुख समाचार

पर्वतको कटुवाचौपारीका केशब पौडेल चार दिनदेखि वेपत्ता

By लोकतन्त्र अनलाईन

May 05, 2019

पर्वत : कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल गत चार दिनदेखि बेपत्ता छन्।  बिहीबार राति ९ बजे कुस्माका बडागाउँमा रहेको एक होटेलमा खाजा खाएर  बाहिरिएका उनले राति झण्डै १२ बजे श्रीमतीसँग मोबाइलमा कुराकानी गरेका थिए। यसपछि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ।  सम्पर्कमा नआएपछि शुक्रबार बिहानैदेखि उनको खोजी सुरु गरिए पनि अहिलेसम्म केही पत्तो लाग्न नसकेको दाजु वासुदेव पौडेलले बताए। केशव बेपत्ता भएको भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन परेपछि प्रहरीले पनि उनको खोजी तीव्र पारेको छ। पर्वत प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार शुक्रबार दिउँसो २ बजे उनको मोबाइलमा फोन लागे पनि उठेन। सिम कार्ड ट्राफिकिङ गरेर हेर्दा अन्तिम समयमा खरेहा र ज्ञादी जोड्ने मोदी नदीमाथिको पुल आसपासको क्षेत्रमा सिम एक्टिभ रहेको पाइएको छ। प्रहरीका अनुसार उक्त ठाउँमा खोजी गर्दा पनि उनको बारेमा खुल्न सकेको छैन।