आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाए समृद्धि सम्भव छैनः मन्त्री लम्साल

By लोकतन्त्र अनलाईन

April 05, 2019

माधव पराजुली पोखरागण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले देशभित्र आन्तरिक उत्पादन गर्ने, आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाएसम्म देशमा समृद्धि सम्भव नभएको बताउनुभएको छ ।शुक्रवार पोखरा औद्योगिक क्षेत्र उद्योग संघको १७ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले मुलुकमा उद्योग क्षेत्रको विकास हुन नसके समृद्धि र स्वरोजगार सम्भव नभएकाले उद्योगमा लगानी बढाउन निजि क्षेत्रलाई आग्रह गर्नुभयो ।गण्डकी प्रदेश सरकार निजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने भन्दै सरकारले पुजीँ र प्रबिधिलाई अन्तर्रा्ष्ट्रिय बजारसंग सहकार्य गरेर आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो । पर्यटन,कृषि,जलविद्युत,उद्योग लगायतका क्षेत्रहरुलाई सरकारले प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताउदै लगानी आकर्षित गर्ने वातावरण प्रदेश सरकारले तय गर्ने बताउनुभयो । “हिजोको जस्तो लगानी गर्न ईच्छुक भई आएकाहरलाई भड्काउने परिपाटी अब हुदैँन,तपाईको लगानीको सुरक्षा सरकारले गर्छ,उहाँले भन्नुभयो”आउनुहोस् उद्योगमा लगानी गर्नुहोस् ।

मझौला तथा ठुला उद्योगहरुमा लगानी गर्न निजि क्षेत्रलाई आग्रह गर्दै उहाँले उद्योगको विकास बाट राष्ट्रिय उत्पादकत्व समेत बढाई देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योग क्षेत्रको बृहत विकास गरी आय र रोजगरिको वातावरण सृर्जना गर्न सरकारी र निजि दुवै क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटनको प्रवद्र्धन, उद्योगधन्दाको स्थापना, श्रमशक्तिको व्यवस्थापन, रोजगारीको सुनिश्चितता लगायतमा नागरिक सक्षम भएमा मात्र मुलुक आर्थिक विकास सहितको समृद्धशाली बन्ने धारणा राख्नुभयो । कार्यक्रममा औदोगिक क्षेत्र लि.का महाप्रवन्धक सुवास सिटौलाले सरकारले आर्थिक समृद्धि र विकासका लागि उद्योग धन्दाको विकास र उन्नती गर्नुपर्ने बताउनुभयो । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलिभद्र नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष देवराज तामाङ, नेपाल औद्योगिक क्षेत्र उद्योग महाशाखाका सल्लाहकार गणेश ब.श्रेष्ठ लगाएतले बोलेका थिए ।

गमा लगानी गर्नुहोस् ।