File picture

प्रमुख समाचार

तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते

By लोकतन्त्र अनलाईन

March 05, 2019

तनहुँ–  तनहुँको बन्दीपुर-३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ ।दुर्घटनामा परि गम्भिर घाइते भएकी ६० वर्षीया देविमाया थापालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।गुडिरहेको अवस्थामा अगाडीको टायर पञ्चर हुँदा जीप सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।