प्रमुख समाचार

संवैधानिक आयोगमा ४ अध्यक्षको नाम अनुमोदन, वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल

By लोकतन्त्र अनलाईन

March 05, 2019

काठमाडौंः विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका चार अध्यक्षको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। समितिको मंगलबार बसेको बैठकले चारवटा आयोगमा सिफारिस भएका चार जनाको नाम अनुमोदन गरेको हो। समितिले संवैधानिक परिषद्‍बाट सिफारिस भएर आएका व्यक्तिरुको नाम अनुमोदन गरेको हो। समिति सदस्य अमृता थापा मगरका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मेधसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरीको नाम अनुमोदन भएको छ। मगरले चारै जनाको नाम सर्वसहमतिमा सिफारिस भएको बताइन्। नेपाली कांग्रेसका सदस्यहरुले भने सिफारिस प्रक्रियामा प्रतिपक्ष दललाई वहिष्कार गरिएको भन्दै सुनुवाइको सम्पूर्ण प्रक्रिया नै वहिष्कार गरेका छन्। मधेसी आयोगमा सिफारिस भएका समिम मिया अन्सारीको नाम भने विवादमा परेको छ। केही बेरको विवादपछि उनको पनि सुनुवाइ हुने भएको छ।