प्रमुख समाचार

पर्वत आएका काँग्रेस नेता आङ्देम्बे भन्छन् ‘सरकारका गलत कामका बिरुद्ध निरन्तर सडक संघर्ष’

By लोकतन्त्र अनलाईन

February 05, 2019

माया अधिकारी पर्वत–ः नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सरकारका गलत र जनविरोधी गतिविधिका बिरुद्ध नेपाली काँग्रेसले निरन्तर सडक संघर्ष गर्ने बताउनुभएको छ । मंगलवार विहान नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आङदेम्बेले जवसम्म प्रतिपक्षिलाई पेलेरै जाने सोचमा सरकार अघि बढ्छ तबसम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले फरक फरक स्वरुपमा सडक र सदनबाट आन्दोलन गरेर सरकारलाई घुँडा टेकाईने बताउनुभयो । काँग्रेसले हिजो गरेको आन्दोलन सरकार परिवर्तनका लागि नभई साँकेतिक र शालिन भएको बताउनुभयो । वर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै काँग्रेसले सरकारलाई सचेत गराउन आन्दोलनमा गर्नुपरेको उहाँले जिकिर गर्नुभयो । सरकारले जनभावना विरोधी कामलाई अगडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा मुलुकमा बेथिति बढेको भन्दै सरकार विरुद्ध सडकदेखी सदनसम्म कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । नेता आङदेम्बेले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र सरकारबाट भइरहेको बताउँदै अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताउनुभएको हो । सरकारले पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै उक्त निर्णयले काँग्रेसको आत्मसम्मानमा ठेस पुगेको बताउनुभयो । उहाँले सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमती विपरित संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर गल्ती गरेको बताउँदै नियम विपरित सिफारीस गरिएको संवैधानिक आयोगका अध्यक्षहरुको निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले डाक्टर गोविन्द केसीको हार हुनुभनेको नेपाली जनताको हार भएको बताउँदै सरकार नसच्चिए सडक र सदनवाट आन्दोलन चर्काउँदै जाने उद्घोष समेत गर्नुभयो । उहाँले सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट र काम विना प्रचारात्मक र लोकप्रिय बन्ने मात्र शैलीमा आएका र तिनको प्राप्तिका लागि कुनै भरपर्दो आधार नदेखिएको टिप्पणी उहाँले गर्नुभयो ।