अर्थ/बाणिज्य

दक्षिण पर्वतको पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

By लोकतन्त्र अनलाईन

February 05, 2019

पर्वत – पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

‘कम्पनीका तर्फबाट राजकुमार बस्याल, सिद्धार्थ बैंकका चन्दन कार्की र गरिमा विकास बैंकका माधव आचार्यले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर सम्पन्न भएको छ,’ हस्ताक्षर कार्यक्रमपछि जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार सो परियोजना विकासमा सिद्धार्थ मुख्य बैंक तथा गरिमा सहभागी बैंकका रुपमा रहने छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिकास्थित सो परियोजनाको निर्माण कार्य सुरु भइसकेको र २०७६ चैतसम्म विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीका सञ्चालक समिति सदस्य बस्यालले बताए।