प्रमुख समाचार

पर्वतका तीन युवा विमल, शुन्दर र प्रकाश नेकपाको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा मनोनीत

By लोकतन्त्र अनलाईन

October 05, 2019

पर्वत– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिले पूर्णता पाएको छ। बुधबार बसेको बैठकले राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा साविकको वाइसियल र साविक युवासंघ नेपालबाट प्रस्तावित ३३२ सदस्यहरूको नाम पारित भएको हो। ३३५ सदस्य रहेन संघका रिक्त रहेका सदस्यहरू साविक वाइसियलबाट मनोनित गरिने संघका सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा दिपशिखाले विज्ञप्ती निकालेर जनाएका छन्। यसैबीच पर्वतवाट तीन जना युवा केन्द्रीय समितिमा अटाएका छन् । पर्वतको ठुलीपोखरीका प्रकाश लामिछाने, मोदी गाउँपालिकाको तिलाहारका विमल लामिछाने र विहादी गाउँपालिकाको उरामका शुन्दर भुसाल केन्द्रिय कमिटिमा मनोनित भएका हुन् ।