पत्र-पत्रिका

नेताको दशैं कोही पढ्न, कसैलाई डुल्न भ्याइ-नभ्याइ

By लोकतन्त्र अनलाईन

October 05, 2019

काठमाडौं : दशैंको रमझम बढेको छ। संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ। कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन्। नयाँ कपडाको किनमेलसँगै दशैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन्।  राजधानीका अनुसार: प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अवसरमा गृह जिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ। २० असोजमा झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। २१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनले सर्वसाधारणलाई टीका  लगाउनेछन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दशैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ। कुनै विशेष कार्यक्रम नभएको जनाउँदै दाहाल सचिवालले परिवारसँगै मनाउने योजना रहेको जनाएको छ। नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दशैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ। पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दशैं मनाउने योजना रहेको सचिवालयले जनाएको छ। नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दशैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोज) रौतहट जाँदै छन्। टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने र नेता, कार्यकर्ता, शुभचिन्तकलाई लगाइदिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किताब पढेर दशैं मनाउँदै छन्। बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने कार्यक्रम रहेको छ। कसले कसरी मनाउँदै छन्