प्रमुख समाचार

पर्वतको मोदीमा मानव बेचविखन र ओसारपसार बारे अन्तरक्रिया

By लोकतन्त्र अनलाईन

September 05, 2019

पर्वत–पर्वतको मोदी गाउँपालिकामा बुधवार मानव बेचबिखन तथा ओसारपासार बिरुद्दको सचेतनामुलक सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत अन्तरक्रिया सम्पन्न भएको छ । मोदी गाउपालिका तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा स्थानीय तहका प्रतिनिधी र कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, मोदी गाउपालिका उपाध्यक्ष सेती महत, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, मोदी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङ, मोदी गाउपालिकाका सवै वडाका वडाध्यक्ष तथा वडाका सदश्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले मानव बेचबिखन तथा ओसारपसा बिरुद्द सचेतना तथा सुरक्षाका विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । कार्यक्रममा मोदी गाउपालिकाका अध्यक्ष प्रेम पौडेललेले समाजमा देखा परेका विभिन्न किसिमका समस्याहरुलाई समाधान गर्न मोदी गाउपालिका सदैव तयार रहेको र सो को लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम समय सापेक्ष रहेको बताउनुभयो ।