प्रमुख समाचार

स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश, मुख्यमन्त्री पृथ्वीसुब्बाले गरे स्वागत

By लोकतन्त्र अनलाईन

July 04, 2019

पोखरा – मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको शपथ लिएका थिए ।उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन् । यससँगै प्रदेशसभामा नेकपाको प्रतिनिधित्व संख्या ४० पुगेको छ । हाल संसदमा नेकपा ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एक निधन), नयाँ शक्ति २ र स्वतन्त्र १ उनै राजीव गुरुङ थिए ।विप्लव समूह कास्की सचिवालय सदस्य पुष्प कार्की समेत पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छ्न् । उनलाई समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे ।