प्रमुख समाचार

बाबुराम र उपेन्द्रको नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’

By लोकतन्त्र अनलाईन

May 04, 2019

काठमाडौं — संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण हुने भएका छन् । नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो ।फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन्। नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ।विज्ञप्तिमा समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उल्लेख छ।दुई पार्टीबीचको एकीकरण हुने चर्चा विगतदेखि नै चल्दै आएको थियो। व्यापक छलफल र विचार विमर्शपछि पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक सहमतिजुटाइएकोविज्ञप्ति मार्फत जानकारी दिइएको छ।