प्रमुख समाचार

१३ वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने चित्रेका नेपाली डेढ बर्ष जेल चलान

By लोकतन्त्र अनलाईन

March 04, 2019

पर्वत–१३ बर्षिया बालिकालाई यौन दुव्र्यबहार गरेको कसुरमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपाली जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतको आईतवारको फैसलाले १ बर्ष ६ महिना कैद र १५ हजार क्षतिपुर्ति सहित १५ हजार जरिवानाको सजाय सुनाएको छ । अभियुक्त नेपालीले १३ बर्षिया बालिकालाई मंसिर २६ गते लाई फकाई गरी करणी प्रयास गरेको आरोपमा पौष २ गते पर्वत जिल्ला अदालतमा यौन जन्य अपराध शिर्षकमा मुद्धा दर्ता भएको थियो । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा आएपछि नेपाली विरुद्ध मुद्धा दर्ता भएको थियो । पिडित बालिकाको पौष १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परिक्षण सम्पन्न भएको थियो ।