पर्वत / पर्वतको कुस्माबजारमा सञ्चालिन नमुना आवासिय माबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।बिद्यालयको बार्षिकोत्सबको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।कार्यक्रम उद्घाटन गर्दै संयोजक पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि निजी बिद्यालयले पुर्याएको योगदानको चर्चा गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक र बिद्यालय र बिद्यार्थी तीनै वटै पक्ष मिल्न आवश्यक भएको बताउनुभयो । उहाँले सबै पक्ष मिले मात्रै उत्कृष्ट नतिजा आउन सक्छ भन्दै अझै पनि गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच स्थापित गर्न धेरै गर्न बाँकी रहेको छ भन्नुभयो ।जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेलले सामुदायिक बिद्यालयमा सरकारले लगानी गरे अनुसार सुधार आउन नसकेका कारण सामुदायिक बिद्यालयबाट निजी बिद्यालयले ब्यबस्थापन र शिक्षक परिचालनका बिषय अनुशरण गर्न आवश्यक छ भन्नुभयो । राम्रो शैक्षिक जनशक्ति उत्पादनका लागि निजी बिद्यालयले गरेको पहलको उहाँले पनि प्रसंशा गर्नुभयो ।कार्यक्रममा अभिभावक गोबिन्दप्रसाद शर्माले आफ्ना धारणा राख्नुभएको थियोृ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको गतिबिधीका बारेमा प्राचार्य इन्द्रमान खत्रीले प्रकाश पर्नुभएको थियो भने सञ्चालन सहप्राचार्य खेमनाथ शर्मा र स्वागत शिक्षीका गितालक्ष्मी शर्मा तथा बिद्यार्थी स्वतिका आचार्यले गर्नुभएको थियो ।सो अवसरका बिभिन्न क्षेत्रमा सफल भएका भुपु बिद्यार्थी डा. बिक्रम शर्मा, डा.कैलाश तिमिल्सीना, डा. बिराट केसी, डा. धनबहादुर क्षेत्री, इन्द्र शर्मा, डा.शेषकान्त लामिछानेलाई सम्मान गरिएको थियो । बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, अतिरिक्त क्रियाकलापमा सहभागी हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने बिद्यार्थीहरुले सामाजिक सञ्जालको प्रयोगबाट उब्जेको समस्याका बारेमा नाटक, गेम खेल्ने र पढ्ने बिषयमा अभिभावक र बिद्यार्थीका बिचमा दोहोरी गीत, सामुहिक नृत्य लगायतका प्रस्तुतीहर देखाएका थिए ।