प्रमुख समाचार

हेर्नुहोस् दुर्घटनामा पर्न लागेका यि ८ वटा गाडि जोगायो पर्वत ट्राफिकले

By लोकतन्त्र अनलाईन

February 04, 2019

पर्वत– सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवतले आज सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ । आज बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म कुश्मा नगरपालिका ६ शिवालय चोकमा प्राबिधिक सहित पुगेको ट्राफिक प्रहरीको टोलीले ५५ ओटा सवारी साधनहरुको अवस्थाका बारेमा परीक्षण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको टोलीमा सवारीका मेकानिकहरुलाई समावेश गराएर सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरिएको हो । चेकजाँचका क्रममा बिभिन्न ८ ओटा सवारी साधनहरु ठीक अवस्थामा नरहेको पाईएको छ । कतिपय सवारीको ३ ओटा र केहीको त्यो भन्दा कम पट्टाहरु भाँचिएको, तेलको ट्याङकी भुईँमा खस्न लागेको र टाईरेक्ट बीम अर्थात स्टेरीङ घुमाउँदा टायर मोड्ने डण्डीको नटहरु खसेर सवारी दुर्घटनाको उच्च जोखिममा रहेको पाईएको छ । ठीक अवस्थामा नरेहका सवारी साधनहरुलाई कारबाही स्वरुप राजश्व तिराईएको र तुरुन्त मर्मत गर्न लगाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताउनुभयो । ठीक अवस्थामा नरहेका सवारीका यात्रुहरुलाई अन्य सवारीमा सारेर गन्तब्यमा पठाईएको थियो ।