प्रमुख समाचार

आज टुंगिएला त पार्टी एकता ? नेकपा सचिवालय बैठक आज बस्दै

By लोकतन्त्र अनलाईन

February 04, 2019

काठमाडौँ, –ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।