प्रमुख समाचार

अल्लो उद्यमी संघ नेपालको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

By लोकतन्त्र अनलाईन

October 04, 2019

पर्वत– अल्लोबाट उत्पादित विभिन्न कपडा जन्य सामाग्रीको उत्पादन तथा वजारीकरणमा क्रियाशिल संस्था नेपाल अल्लो उद्यमी संघ पर्वतको आयोजनामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । अल्लोवाट उत्पादित बस्तुहरुको प्रदर्शन तथा घरेलु तथा साना उद्यमी लगायतको उपस्थितीमा अल्लोको महत्व, उपयोगिता र भवी सम्भावनाका विषयमा छलफल गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले अल्लोको स्थानीय रुपमा मात्र परिचय नभइ यसको महत्व र उपयोगितालाई नितिगत रुपमा उत्पादन तथा बजार ब्यवस्थापन सङ्गै पर्वत र नेपालकै परिचय बनउन सकिने बताउनुभयो । उहाँले यसलाई निर्वाहमुखि नभई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले संस्थागत रुपमा स्थानीय बजारदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउनु र उद्यमिलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिँदै उद्यमीहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालयका प्रमुख गोबिन्द शर्माले बिगतदेखी नै विभिन्न रुपमा उद्यमीहरुलाइ प्राबिधिक, मेसिन तथा तालिम दिएको र आगामी दिनमा पनि उद्यमीलाइ आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक अभियन्ता याम परियार शिवले बर्तमान समयमा आइपुग्दा घरेलु उत्पादनका रुपमा मात्र नभइ अल्लोको गुणस्तरीय उत्पादन गरि स्वदेशी तथा बिदेशि बजारमा समेत अल्लोको उपयोगीता र महत्व रहेकाले यसको प्रबद्र्धनमा जुट्नुपर्ने बताउनुभयो । अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जाले अल्लोको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन तथा ब्याबस्थापन राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका सचीव चन्द्र बिक रामदामले गर्नुभएको थियो ।