पत्र-पत्रिका

टिकट नपाएपछि खाडीमै दशैं

By लोकतन्त्र अनलाईन

October 04, 2019

काठमाडौं : टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् । घर फर्कने सबै तयारी गरे पनि अन्तमा टिकट नापाएर खाडीमा नै विताउनु परेको समाचार कान्तिपुर दैनिकले लेखेको छ। ‘ टिकट पाइदैन साउदीमा रहनेहरू सबै दशैं-तिहार मान्न फर्कने गर्छन् हामीलाई टिकट पाउने मुस्किल छ। खाडी तथा मलेसियाबाट आउने जहाज सिमित भएको र यात्रुको चाप बढी भएको कारण टिकट नपाइएको हो। यी देशबाट भाडा पनि महंगो छ। कुवेतबाट नेपाल आउनको लागि एक लाख १७ हजार, मलेसिया ७१, साउदी अरब ७२ हजार, ओमन ६० हजार, बहराइन ५९ हजार जहाज भाडा रहेको छ।