प्रमुख समाचार

पत्रकार हमालको रिहाईको माग गर्दै पर्वतबाट पनि बुझाईयो ज्ञापन पत्र

By लोकतन्त्र अनलाईन

September 04, 2019

पर्वत–पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीलाई ज्ञापन पत्र पेश गर्नुभएको थियो । सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार पर्वत शाखा सहित गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको हो । ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ । ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ । ‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिरहेका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित नहुने महासंघ पर्वतका सचिब गिरीले भन्नुभयो । पत्रकार हमाल जनसञ्चार अनलाईनका सम्पादक हुन् ।