गण्डकी प्रदेश सरकारले हेलिकोप्टर पठाएर आमा र शिशुको उद्धार - News site from Nepal

बागलुङ :  शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ ।
ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनको नवजात छोरालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी विकलाई बुधबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । डा कृष्णहरि श्रेष्ठ र डा दिलीप कोजुलगायतको टोलीले शल्यक्रिया गरेको थियो ।
शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए ।  पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा शिशुको उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले बताए। गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो ।
हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ ।  उद्धारमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलगायत खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!