प्रमुख समाचार

आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना, बुधबारसम्मको मौसम उस्तै

By लोकतन्त्र अनलाईन

June 03, 2019

काठमाडौं– देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज(सोमबार) पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ ।जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ । महाशाखाका अनुसार देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु-भागका केही स्थानहरुमा तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ । त्यस्तै जेष्ठ २१ गते (मंगलबार):दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ । राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। जेष्ठ २२ गते (बुधबार):दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।