प्रमुख समाचार

शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन सरकारको अनुरोध

By लोकतन्त्र अनलाईन

May 03, 2019

काठमाडौं– हिमाली क्षेत्रमा उच्च हिमपान हुने संभावना रहेको भन्दै सरकारले शनिबार र शुक्रबार हेलिकोप्टर नउडाउन अनुरोध गरेको छ । गृह मन्त्रालयअन्तर्गतको आपातकालीन कार्य सञ्चालन केन्द्रले देशको पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुने संभावना रहेकाले हेलिकोप्टर नउडाउन भनेको हो । हाल भारतको उडिसा राज्यमा सक्रिय रहेको चक्रावत फानी नामक ‘आँधी’ले नेपालमा पनि प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रावत फानीकै कारण शुक्रबार र शनिबार देशभरको मौसम परिवर्तन हुने र देशका अधिकांश ठाउँमा हावाहुरी चल्ने संभावना छ ।गृह मन्त्रालयले पर्यटकहरुलाई समेत सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चक्रावत फानीले पार्ने संभावित असरलाई मध्यनजगर गरी आवश्यक तयारी गरिएको जानकारी दिए ।