प्रमुख समाचार

पर्वतको ठूलिपोखरीबाट विप्लब नेतृत्वको नेकपाका दलित नेता पक्राउ

By लोकतन्त्र अनलाईन

April 03, 2019

पर्वत,- नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ बर्षिय विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीबाट चैत १७ गते नियन्त्रणमा लिएको हो ।ठूलिपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत १८ गते म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस अघि नेकपाकै कार्यकर्ता रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका धर्मप्रसाद पौडेललाई प्रहरीले रिहा गरेको छ ।