प्रमुख समाचार

पर्वत नेकपाको एकता पाँच पालिकामा टुंगियो, तीन दिन भित्रै वडा तह सम्म सकिने

By लोकतन्त्र अनलाईन

April 03, 2019

पर्वत /तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पर्वतले स्थानिय तहमा पार्टी एकतालाई तीब्र बनाएको छ ।नेकपा पर्वतले जिल्लाका दुई नगरपालिका सहित पाँच वटा पालिकामा पार्टी एकता टुंगो लगाएको हो ।नेकपा पर्वतले कुस्मा र फलेबास नगरपालिका, महाशिला र जलजला गाउँपालिकामा एकता टुंगो लगाएको छ भने मोदी गाउँपालिकामा संयन्त्रले सर्वसम्मत निर्णय गरेपनि नेतृत्व प्रति असहमति राखेर लिखित निवेदन समेत परेका कारण जिल्लामा नै निर्णय र निबेदन पठाएको छ । यो समाचार तयार पार्दा सम्म पैंयु गाउँपालिकामा संयन्त्रको बैठक बसिरहेको छ भने वहाकीमा बिहीबार टुंगो लाग्ने भएको छ । वडा तह सम्मका एकता पनि चैत्र २४ गते भित्र सक्ने गरि तयारी भएको नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।लामो समय सम्म पार्टी एकता नहुँदा पार्टीका गतिबिधी सुस्त थिए भने तल्ला कमिटीका गतिबिधी नहुँदा पार्टीको उपस्थिति र सरकार माथिको आक्रमणको प्रतिबाद समेत हुन सकेको थिएन । वडा तह सम्म नै एकता टुंगो लागेपछि पार्टी कामले गति लिने बिश्वास केन्द्रिय सदस्य हमालको छ । ‘अब सबै तहमा एकता टुंगो लाग्दा पार्टी काममा गति पैदा हुन्छ’ हमालले भने ‘अहिले सम्म सयन्त्रका नाममा भैरहेको ढिलासुस्ती सबै हटेर जानेछ’तल्लो तहमा पार्टी एकता गर्ने जलजला गाउँपालिकामा पनि मंगलबार एकता टुंगिएको छ । मंगलवार जलजलामा सम्पन्न भेलाले दिपक आचार्य आकाशको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । गाउँपालिकामा पुर्ब माओबादीका तर्फबाट अध्यक्षमा आचार्य चयन भएका हुन भने पुर्ब एमालेको तर्फबाट सचिबमा तुंगनाथ उपाध्याय चयन भएका छन । कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ । भेलामा नेकपाका केन्द्रिय सदस्य गुप्त हमाल, प्रदेश कमिटि सदस्य मेघनाथ, जिल्ला संयन्त्र सदस्य भक्त कुँवर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।नेकपा कुस्माको अध्यक्षमा पुर्ब माओबादीका तर्फबाट शंकर गिरी चयन भएका छन भने पुर्ब एमालेको भागमा परेको सचिबमा टुंगो लाग्न बाँकी छ । यसैगरी फलेबास नगरपालिकामा पुर्ब एमालेका तर्फबाट अध्यक्षा पिताम्बर शर्मा घिमिरे चयन भएका छन भने सचिबमा पुर्ब माओबादीका तर्फबाट शोभा क्षेत्री चयन भएकी छन भने महाशिला गाउँपालिकामा पुर्ब एमालेका तर्फबाट अध्यक्षमा बिष्णुराम बिक र पुर्ब माओबादीका तर्फबाट सचिबमा दुर्गा तमु चयन भएका छन । मोदी गाउँपालिकामा स्थानिय संयन्त्रले अध्यक्षमा पुर्ब एमालेका तर्फबाट दाताराम चापागाई र सचिबमा पुर्ब माओबादीका तर्फबाट कृष्ण सुबेदीलाई चयन गरेको छ । अध्यक्ष पदमा भने कमिटी भित्रबाट दुई जना र कमिटी बाहिरबाट दुई जनाले असहमति राख्दै नेतृत्वमा दाबी गरेर निबेदन दिएका छन । कमिटी भित्रबाट बिमल लामिछाने र रत्न लम्सालले अध्यक्षमा दाबी पेश गरेका छन भने कमिटी बाहिरबाट लोकेन्द्रजंग लामिछाने र तेजबहादुर क्षेत्रीले दाबी गरेका छन । उनीहरुको निबेदन र संयन्त्रको निर्णय नै जिल्लामा पठाइएका कारण जिल्ला संयन्त्रले आवश्यक निर्णय गर्ने बताइएको छ।यसैगरी चैत्र २४ गते सम्म वडा तहमा समेत एकता टुंगो लाग्ने बताइएको छ । मोदी गाउँमापलिकामा पुर्ब एमालेलाई ५ वटा वडा र पुर्ब माओबादीलाई ३ वटा वडामा नेतृत्व दिइने भएको छ भने जलजलामा पुर्ब एमालेलाई ५ वटा वडा र पुर्ब माओबादीलाई ४ वडामा नेतृत्व दिने सहमति भएको छ ।यता पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा पनि सर्वसम्मत रुपमा वडा कमिटि गठन गरिएको छ । मंगलवार विहान सम्पन्न भेलाले कृष्ण लम्सालको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन गरेको हो । सचिबमा नरनाथ सापकोटा रहेका छन । नेकपा जिल्ला सचिवालय सदस्य तथा फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न भएको भेलामा पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।