रेवान महोत्सव सुरु,आन्तरिक भ्रमण बर्षको तयारी तिब्रः मन्त्री लम्साल

By लोकतन्त्र अनलाईन

March 03, 2019

सातौँ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबार देखी पोखरामा सुरु भएको छ ।

पर्यटन प्रवद्र्धनको लागि संगसगै भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गदै उद्योग, पर्यटन ,बन तथा बातावरमन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउनेमा कुनै सन्देह नभएको बताए । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षका रुपमा मनाईरहेको छ उनले भने समृद्धि हाँसिल गर्न सहर केन्द्रित नभई हरेक स्थानिय निकायमा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि प्रवद्र्धन गरिने बताए ।

पर्यटनबाटै आर्थिक समृद्धि सम्भव भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री लम्सालले पर्यटनको पहिलो आधार पुर्वधार भएकाले सन् २०२१ लाई पुर्वधार निमार्ण वर्षका रुपमा मनाउन लागेको बताए ।

अर्को प्रसंगमा मन्त्री लम्सालले रविन्द्र प्रसाद अधिकारी सवार जहाज दुर्घटनाले अन्र्तराष्ट्रिय स्तरमा नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले यसलाई चिर्न आवश्यक रहेको बताए ।

स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको सपना पुरा गर्न सके मात्रै सच्चा श्रृद्धाञ्जली हुने भन्दै सरकारले १८ घण्टा काम गरिरहेको जिकीर गरे । यथास्थितिमा रहेर परिर्वतन सम्भव नरहेकाले सबैले आ आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने आवस्यकता रहेको बताए ।

उद्घाटन समारोहको अवसरमा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ट्रेड फेयरको रुपमा फेस्टिवललाई विकसित गदै लैजानु पर्ने बताए । अधिकारीले व्यवसायीहरुलाई मेला महोत्सवबाट फाइदा खोज्नु भन्दा पनि आ आफ्नो व्यवसायको प्रवद्र्धन गर्न आग्रह गरे ।

अहिलेको युग सुचना र प्रविधिको हो क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले भने स्र्माट सिटी बनाउन कम्प्यूटर तथा सूचना प्रविधी सम्वन्धी भएका अत्याधुनिक एवम नवीनतम प्रविधीको जानकारी हुन आवस्यक छ जुन क्यान इनफोटेकले दिने बताए । कार्यक्रममा सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ,नेपाली कंग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नयाँ शक्तीका संयोजक देवीप्रसाद सुवेदी, उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइराला , सामुदायिक सेवा केन्द्रका जयराम अधिकारी लगायतले बोलेका थिए ।

पोखराको प्रदर्शनी केन्द्रमा फागनु २७ गते सम्म संचालन हुने महोत्सवको पहिलो दिन आइतबार स्थानिय तथा राष्ट्रियकलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो ।