प्रमुख समाचार

पर्वतमा यसरी गरियो मन्त्री अधिकारीको श्रद्धाञ्जली सभा, ‘गण्डकी प्रदेशकै मेरुदण्ड भाँचिएको भन्दै चिन्ता’

By लोकतन्त्र अनलाईन

March 03, 2019

पर्वत–ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा पर्वतले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै बक्ताहरुले स्वर्गिय अधिकारी गण्डकी प्रदेशकै मेरुदण्डको रुपमा रहेको बताउँदै उहाँको निधनले सिङ्गो प्रदेश अभिभावकबिहीन बनेको बताएका छन् । राजनीतिक, बैचारिक, सांगठिन लगायत बहुआयामिक प्रतिभाशालि व्यक्तित्व अधिकारीलाई गुमाउँदा पार्टीलाई अपुरणिय क्षति पगेको त छँदै छ गण्डकी प्रदशे समेत अभिभावक बिहीन बनेको नेताहरुले औत्याएका छन् । कार्यक्रममा नेकपाका केन्द्रय सदस्य तथा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपामा एकैपटक दुईवटा शोक आइपरेको बताउँदै पार्टीमा पहिलो पुस्ताको करिब अन्त्य हुनु र युवा नेतृत्वको अवसानका कारण ठुलो धक्का पुगेको बताउनुभयो । उहाँले मन्त्री अधिकारीले अघि सारेका कामहरु पुरा गर्नका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बतउँदै सिङ्गो पार्टीको ध्यान पनि स्वर्गिय रबीन्द्र अधिकारीले देखेका सपना र अघि सारेका कार्यक्रहरु पुरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले अहिले पार्टीको तल्लो तहसम्म एकता हुनमा केहि ढिलाई भैरहेको बताउँदै यसलाई तत्काल सम्पन्न गरेर मजबुत संगठन निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । सो अवसरमा नेकपाका अर्का केन्द्रीय सदस्य गुप्त हमालले स्वर्गिय भरतमोहन अधिकारी र रबीन्द्र अधिकारीको त्याग र बलिदानकै कारण आज नेकपा मुलुकको पहिलो शक्ति बनेको बताउँदै उहाँहरुलाई पार्टीले सँधै स्मरण गर्ने बताउनुभयो । अहिले सिङ्गो पार्टीले अभिभावक गुमाएको महसुस भएको बताउँदै शोकलाई शक्तिमा बदलेर पार्टी र मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने बेला आएको बताउँनुभयो । उहाँले रबीन्द्र अधिकारीसँग आफु निकै निकट रहेर काम गरेको स्मरण गर्दै उहाँ रहिदिएको भए यो पाँच वर्षमा सरकारले कल्पना गरेभन्दा पनि बढि उपलब्धि हासिल गर्न सक्ने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेल, प्रदेश कमिटि सदस्य यज्ञ सुवेदी, प्रदेश कमिटि सदस्य हिरादेवी शर्मा, मनरुपा सुवेदी र जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयानाथ चालिसे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा सहभागि नेकपाका नेता कार्यकर्ताहरु माल्यार्पणका बेला भाबुक समेत बनेका थिए ।