पत्र-पत्रिका

स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !

By लोकतन्त्र अनलाईन

March 03, 2019

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ ।

नयाँ पत्रिकाको समाचार अनुसार मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्सेको नियुक्ति दिएरसमते तलब लिँदैछन् ।फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानूनले तोकेको भन्दा बैठक यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् ।

मेयर छत्रपति प्याकुरेलले साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्त गरेका छन्् तर उनलाई घरमा भान्सेका रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरीसमेत छैन । त्यस्तै उपमेयर बमबहादुर भट्टराईले पनि श्रीमती बालकुमारी भट्टराईलाई भान्से भनेर नियुक्ति दिएका छन् ।