मुख्य समाचार

कुश्माको राष्ट्रिय राष्ट्रिय वाल शिक्षा सदन आवासीय विद्यालयमा शुभकामना आदानप्रदान

By लोकतन्त्र अनलाईन

October 03, 2019

पर्वत– नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा यस राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय मा.बि कुश्ममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका लगानिकर्ताहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले निजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पु¥याएको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सबैभन्दा पुरानो निजि बिद्यालयले फड्को मार्दै गरेकोमा थप सफलताको शुभकामना दिँदै अबको शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । विद्यालय सन्चालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अद्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भए गरेका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाको सबैभन्दा राम्रो पढाई हुने निजि बिद्यालय मध्ये पहिलो भएको बताउँदै ढकालले हामी बाहिरी बढाईचढाई प्रचार प्रसार भन्दा आन्तरिक पठनपाठन र शिक्षक कर्मचारी बीच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिने गरेको बतानुभयो । हाम्रा बिद्यार्थी बाहिर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएर पनि सबै बिद्यालयलाई उछिन्दै उत्कृस्ट नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो । कार्यक्रम बिद्यालय प्राङगणमा सन्चालन भई जलपानसँंगै कार्यक्रमको समापन गरिएको थियो ।