मुख्य समाचार

बागलुङको नारायणस्थानमा गार्लुङ युबा क्लबको भब्य तिज मेला सम्पन्न

By लोकतन्त्र अनलाईन

September 03, 2019

पर्वत- नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा गार्लुङ युबा क्लब बनपा १४ को आयोजनामा तिज मेला सम्पन्न भयको छ । समाजमा सामाजिक कार्यमा सक्रिय युबा क्लबले महिलाहरुलाई नचाउदै र सस्कृति जोगाउदै खुल्ला तिज गित प्रतियोगिता समेत आयोजना गरेको हो ,आठ समुहको सहभागिता रहेको प्रतियोगितामा गणेश माबि प्रथम , लामिछाने दिदीबहिनी समूह दोश्रो ,र मिलिजुली आमा समूह तेश्रो भयका छन् । कार्यक्रममा बोल्दै बानपा १४ का वार्ड अध्यक्ष चक्र बहादुर खत्रीले युबा क्लबले गरेको कार्यक्रमको खुलेर प्रसंशा गर्नु भयो साथै उहाले स्थानिय सरकार सधै युवाहरुको साथमा रहेको र युवाहरुलाई उधम ब्यबसाय संग जोडिन समेत आग्रह गर्नु भयो साथै वार्ड को तर्फा बाट जेस्ठनागरिकलाई सम्मान समेत गरियको थियो । कार्यक्रममा चर्चित लोक गायक कृष्ण अखेली ,नविना सुबेदी ,किशोर मुखिया लगायतका कलाकारहरुले सबै लाइ छमछमी नचायका थिय ,कल्बका अध्यक्ष गोबिन्द पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन बिष्णु पौडेलले गरेका थिय ,साथै कार्यक्रममा सहयोग गर्ने सहयोगी चन्दादाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरियको थियो ,गार्लुङको खुल्लामंचमा आयोजना गरियको उक्त कार्यक्रममा नारायणस्थान ,पैयुपाटा ,अमलाचौर ,कुश्मा बजार लगायतका ठाउ बाट आमा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।