प्रमुख समाचार

पर्वतको शसस्त्र प्रहरी बल चण्डिका गणका गणपति सुवेदीलाई बजागाजा सहित बिदाई

By लोकतन्त्र अनलाईन

August 02, 2019

पर्वत–पर्वतवाट सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी बल २५ नम्बर गणका गणपति रमेश सुवेदीको शुक्रवार एक समारोह बीच विदाई गरिएको छ । पर्वत मोदीकाली व्याडमिन्टन संघको आयोजनामा उहाँलाई बाजागाजा सहित विदाई गरिएको हो । पर्वत जिल्लामा रहुन्जेल जिल्लाको शान्ति सुरक्षा सँगै विपद व्यवस्थापन, सरसफाई, सामाजिक तथा सांस्कृति क्षेत्र र खेलकुद क्षेत्र लगायत समग्र क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको उच्च कदर गर्दै गणपति सुवेदीलाई बिदाई गरिएको संघका अध्यक्ष भिम श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सोहि गणमा सरुवा भई आउनुभएका गणपति सोम बाहादुर गरुङलाई स्वागत गरिएको छ । सरुवा भएर जान लाग्नुभएका सुवेदीले आफुले पर्वतमा रहेर काम गर्ने क्रममा सहयोग गर्ने सवै पक्षलाई धन्यवाद दिनुभएको थियो ।

नबआगन्तुक एसपी गुरुङले सवै पक्षसँग आवश्यक सहकार्य र समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सुवेदीको नम्वर १ बाहिनी महोत्तरी सुनसरीमा सरुवा भएको हो । अध्यक्ष भिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन पौडेल स्वागत थमनारायण पौडेलले गर्नुभएको थियो ।