प्रमुख समाचार

पर्वतको पातीचौरमा चितुवाको आक्रमणबाट एक गम्भीर घाईते, चितुवा पनि घाईते

By लोकतन्त्र अनलाईन

August 02, 2019

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाईते भएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे भएको आक्रमणबाट घाईते हुनेमा स्थानीय ३५ वर्षिय खुम राना रहेका छन् । उनको खुट्टा, हात र टाउँकोमा टोकेर गम्भीर घाईते बनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । निर्माणाधिन घर भित्र चितुवा पसेको देखेपछि धपाउनका लागि गएका रानालाई चितुवाले आक्रमण गरेको स्थानीय समिर मल्लले जानकारी दिए । आक्रमणपछि स्थानीयले लखेट्ने क्रममा चितुवा घाईते भएको छ । घाईते चितुवालाई प्रहरी मार्फत जिल्ला प्रहरी कार्यालय मार्फत बन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिए । यता जिल्ला बन कार्यालय पर्वतले घाईते चितुवाको उपचार भैरहेको जनाएको छ । उक्त चितुवा बस्ती भन्दा माथिको जंगलबाट गाउँमा प्रवेश गरेको थियो ।