तनहुँ – इँटाभट्टाको पोखरीमा डुबेर मंगलबार तनहुँमा दुई बालकको ज्यान गएको छ ।म्याग्दे गाउँपालिका २, जामुने स्थित माछापुच्छ्रे ब्रिक फ्याक्टीको पोखरीमा डुबेर स्थानीय सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।राधा माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु विद्यालयको परीक्षा सकेर घर फर्किने क्रममा पोखरीमा पौडी खेल्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।पोखरीमा डुबेका दाजुभाइलाई उद्धार गरेर दमौली अस्पताल ल्याए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन् ।