प्रमुख समाचार

खानेपानीका इन्जिनियर ४ लाख घुससहित अख्तियारको फन्दामा

By लोकतन्त्र अनलाईन

July 02, 2019

पोखरा : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर बसिअख्तर मोहम्मद ४ लाख घुससहित अख्तियारको फन्दामा परेका छन्।  कार्यालय मातहत बनेको खानेपानी आयोजनाको रकम भुक्तानी दिनेक्रममा उपभोक्ता समितिका पदाधिकारीसँग कमिसन भन्दै उनले घुस मागेका मोहम्मदलाई मंगलबार दिउँसो ३ बजे कार्याल परिसरबाटै अख्तियार पोखराको विशेष टोलीले पक्राउ गरेको हो।  उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको छ।