प्रमुख समाचार

पर्वतको जलजलामा घरमै गएर विवाहित महिलालाई बलात्कारको प्रयास गरेपछि ………. !

By लोकतन्त्र अनलाईन

May 02, 2019

पर्वत- एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर यौन दुव्र्यबहार गरेको आरोप छन्त्याललाई लगाएकी छिन् । आरोपित छन्त्याललाई पिडित महिलाको उजुरी पश्चात् बैशाख १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको इन्सपेक्टर राजन रायमाझीले जानकारी दिनुभयो ।