प्रमुख समाचार

गण्डकी प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवको सपथ

By लोकतन्त्र अनलाईन

May 02, 2019

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  गण्डकी प्रदेशका अध्यक्ष र सचिवको सपथग्रहण कार्यक्रम बुधवार सम्पन्न भएको छ  । नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश का ११ जिल्लाका अध्यक्ष र सचिवलाइ पद तथा गोपनीयताको सफत ग्रहण गराएका थिए । सपथग्रहण कार्यक्रममा बोल्दै गुरुङले एकता प्रकृया टुंिंगएकाले कार्यकर्ताहरुले विकास निर्माण, सुसाशन र समृद्धिको बाटोमा लाग्न निर्देशन दिए ।  नेकपा राज्य सञ्चालन गर्ने पार्टी हो ,आन्दोलन र बिरोध हामीले गर्ने होइन तपाईहरु कार्यकर्ताको माझमा बसेर विकास निर्माणका कार्यमा सहभागी हुनुपर्छ । गुरुङले एकतामा भागवण्डाको कारण नसमेटिएका योग्य नेता कार्यकर्तालाई सान्त्वना साथमा लिएर अघि बढ्नुपर्ने बताए ।   ‘ठूलो संगठनमा कतिपय योग्य साथीहरु छुटेका छन, समुचित मूल्यांकन नपुगेको हुनसक्छ, योग्यता र क्षमताको कदर नभएको हुनसक्छ, समय क्रममा त्यो मिल्ने भएकोले पदीय जिम्मेवारी पाएका नेताहरुले उनिहरुको कदर गर्दै काम गर्न   अनुरोध छ’, गुरुङले भने ।नेकपाका कार्यकर्ताको काँधमा असिमित जिम्मेवारी भएकाले गुटबन्दी, भेद्भाव, काखापाखा छोडेर एकताबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने गुरुङले बताए ।पार्टी एकता पछि स्थानीय स्तरमा रहेको अस्तब्यस्थतालाई निराकरण गर्दै स्थानीय कमीटीलाई पूर्णता दिन उनले निर्देशन दिए ।नेकपाले सारेको समृद्ध नेपाल सुखी नेपाली को अभियानलाई आत्मासाथ गरेर कार्यकतामाझ जान उनले अनुरोध गरे । नेकपाका नेता कार्यकर्ताले कसैको आलोचना नगरी आत्माआलोचना गरेर अधि बढन नेता गुरुङले आग्रह गरे । आर्थिक अनुशासनमा रहेर जिल्लामा पार्टीका गतिविधिलाइ सक्रीय बनाउन उनको आग्रह थियो ।कार्यक्रममा गण्डकी प्रदेशका सह इन्चार्च खगराज अधिकारीले पार्टीको निर्देशन अनुसार काम गर्न अध्यक्ष र सचिवहरुलाई आग्रह गरे । कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको अध्यक्षता र सचिव गोविन्द नेपालीको सञ्चालनमा सम्पन्न  भएको थियो ।