प्रमुख समाचार

भरतमोहन अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा

By लोकतन्त्र अनलाईन

March 02, 2019

काठमाडौंः विगत तीन हप्तादेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर अवस्थामा पुगेको ह्याम्स अस्पतालले जनाएको छ। अस्पतालले शनिबार पत्रकार सम्मेलन गरेर अहिले अधिकारीका सबै महत्वपूर्ण अंगहरुले काम गर्न छाडिसकेको जनायो। ‘उहाँको स्वास्थ्य अवस्था सुध्रन सकेको छैन, अहिले कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ,’ डा. हेमराज पनेरुले भने, ‘उहाँलाई बचाउन सक्ने अवस्था न्युन छ, अहिले हामीले उहाँलाई सजिलो हुने उपचार मात्रै गरिरहेका छौँ।’ अधिकारी फोक्सो तथा मुटुको समस्या भएपछि अस्पतालमा उपचाररत छन्।